वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत, इन्जिनियरिङमा संशोधन

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्तिसम्बन्धी दोस्रो संशोधन) नियमहरू, २०८३ स्वीकृत गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस्ताे जानकारी दिएका हुन् । 

बैठकले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ समेत स्वीकृत गरेको पनि उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी व्यवस्था यसअघि बनेको वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३ कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको छ । 

Share News