नगरपालिकामा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न नर्वेको १० करोड अनुदान

काठमाडौं । सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा र ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नर्वे सरकारबाट प्राप्त हुने उक्त अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

सरकारका अनुसार उक्त अनुदान नगरपालिकाहरूमा स्वच्छ ऊर्जाको प्रयोग तथा ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालनमा उपयोग गरिनेछ ।

Share News