काठमाडौं । भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।
ग्राहकको सुविधा र बढ्दो मागलाई ध्यानमा राख्दै देशभर शोरुम विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । शोरुमबाट ग्राहकले अन्य शोरुमसरह बिक्री, सेवा तथा सुविधाहरू पाउनेछन् ।
नयाँ शोरुममा कम्पनीले हालै सार्वजनिक गरेको नेपालकै पहिलो १७५ सीसीको अप्रिलिया एसआर १७५ पनि उपलब्ध रहेको छ । त्यस्तै, लाइल्याक र गोल्डेन ओरो रंगमा सार्वजनिक गरिएका नयाँ भेस्पासहित भेस्पा तथा अप्रिलियाका सम्पूर्ण मोडल शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
दसैंलाई लक्षित गर्दै शोरुमले विशेष अफरसमेत ल्याएको छ । अफरअन्तर्गत भेस्पा तथा अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् । साथै, प्रत्येक खरिदमा अनर एक्स५ प्ले स्मार्टवाच पक्का उपहारका रूपमा प्रदान गरिनेछ ।
त्यस्तै, एक्सचेन्जमा ग्राहकले २५ हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । नागरिकताको आधारमा शून्य प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले भेस्पा र अप्रिलियाको इटालियन विरासतलाई भक्तपुरसम्म पुर्याउन पाउँदा खुसी व्यक्त गरे । उनले नयाँ शोरुममार्फत भक्तपुरका ग्राहकलाई इटालियन डिजाइन, उत्कृष्टता र पर्फर्मेन्सको अनुभव प्रदान गर्ने बताए ।
त्यस्तै, कम्पनीका निर्देशक केतन भिमसारियाले भक्तपुरको समृद्ध सम्पदा र संस्कृतिसँग भेस्पा तथा अप्रिलियाको इटालियन पहिचानलाई जोड्न पाउँदा खुसी लागेको बताए । उनले नयाँ शोरुममार्फत स्थानीय ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने उद्देश्य रहेको उल्लेख गरे ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई भेस्पा र अप्रिलियाका स्कुटर खरिद तथा बिक्रीपछिको सेवा लिन सहज हुने कम्पनीको विश्वास छ ।