नेपाली कांग्रेस महाधिवेशनः गोविन्द भट्टराई उपसभापति पदमा भिड्ने

गाेविन्द भट्टराई । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५ औं महाधिवेशनमा उपसभापति पदमा चुनाव लड्ने भएका छन् ।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्य समेत रहेका भट्टराईले सबैबाट उपसभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिन लागेको जानकारी दिए ।

‘देश तथा विदेशबाट समेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरूबाट सुझाव आएको छ,’ उनले भने, ‘मैले त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको छु ।’

इमान्दार र नैतिकवान नेताको छवि बनाएका भट्टराईले नेविसंघको अध्यक्ष रहँदा भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्व गरेका थिए । 

उनको नेतृत्वमा भएको स्ववियु निर्वाचनमा ८० प्रतिशत स्ववियुमा नेविसंघको पक्षमा नतिजा आएको थियो ।

अहिले प्रियतावादीको लोकरिझ्याईं र पुरातनवादी सोच दुवै पार्टी र देशका लागि घातक भन्दै भट्टराईले कांग्रेसलाई आम मान्छेको पार्टीका रुपमा पुनर्परिभाषित गराउनु आवश्यक रहेको र आफ्नो शक्ति त्यसैमा लगाउने बताए ।

Share News