काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । आज शनिबार र भोलि आइतबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले नियमित मर्मतसम्भार, भूमिगत केबल सञ्चालन तथा केही फिडरको भार स्थानान्तरण गर्न विद्युत् आपूर्ति बन्द गर्न लागेको जनाएको छ ।

प्राधिकरणका अनुसार आज रत्नपार्क वितरण केन्द्रअन्तर्गत कमलादी, त्रिपुरेश्वर र बबरमहल फिडरबाट विद्युत् आपूर्ति बन्द हुनेछ ।

कमलादी फिडरअन्तर्गत जामे मस्जिद, घण्टाघर, स्काई टावर, गणेश मन्दिर, हेरिटेज प्लाजा, होटल याक एन्ड यती तथा प्रज्ञा भवन आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

त्रिपुरेश्वर फिडरअन्तर्गत धरहरा, नेपाल टेलिकम क्षेत्र, बागदरबार, केन्द्रीय कारागार, रंगशाला, त्रिपुरेश्वर चोक तथा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

बबरमहल फिडरअन्तर्गत रानीपोखरी प्रहरी प्रभाग, आर्मी हेडक्वार्टर, भृकुटीमण्डप, नेपाल टेलिकम, भन्सार कार्यालय, पशु अस्पताल तथा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

भोलि आइतबार पनि बबरमहल, त्रिपुरेश्वर र थापाथली फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

बबरमहल फिडरअन्तर्गत रानीपोखरी प्रहरी प्रभाग, आर्मी हेडक्वार्टर, भृकुटीमण्डप, नेपाल टेलिकम, भन्सार कार्यालय, पशु अस्पताल तथा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

त्रिपुरेश्वर फिडरअन्तर्गत टेकु सबस्टेसन, टेकु चोक हुँदै त्रिपुरेश्वर चोकसम्म तथा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

थापाथली फिडरअन्तर्गत नर्भिक अस्पताल, प्रसूति गृह, प्रसूति गृह मार्ग, मार्टिन चौतारी, कुरिया गाउँ, बबरमहल कर कार्यालय तथा आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले निर्धारित काम समय अगावै सम्पन्न भए विद्युत् सेवा पनि निर्धारित समयभन्दा अगावै सञ्चालनमा ल्याइने जनाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

Share News