काठमाडौं । एक महिनामै ८८ हजार बढी पर्यटक भित्रिएका छन् । सन् २०२६ को सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै कुल ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल प्रवेश गरेका हुन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार, सार्क र एसियाली राष्ट्रबाट नेपाल आउने पर्यटकको संख्या बढेको विभागले उल्लेख गरेको छ ।
दक्षिण एसियाली (सार्क) मुलुकहरूबाट कुल आगमनको सबैभन्दा ठूलो हिस्सा ३४. ०९ प्रतिशत अर्थात् ३० हजार ८५ जना पर्यटक भित्रिएका छन् । सार्क क्षेत्रमा सबैभन्दा बढी भारतबाट १७ हजार ४२५ जना पर्यटक आएका छन् ।
त्यसैगरी श्रीलंकाबाट सात हजार १०८ जना, बांगलादेशबाट तीन हजार ९६४ जना, भुटानबाट एक हजार १११ जना, पाकिस्तानबाट ४२९ जना, माल्दिभ्सबाट ४८ जना र अफगानिस्तानबाट आठजना पर्यटक नेपाल आइपुगेका छन् ।
सार्कबाहेकका अन्य एसियाली मुलुकहरूबाट कुल १९ हजार ८८८ जना पर्यटक आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ५७.९७ प्रतिशतको वृद्धि हो । यस क्षेत्रमा सबैभन्दा धेरै चीनबाट ११ हजार २१२ जना पर्यटक भित्रिएका छन् । यो गत वर्षको पाँच हजार २३७ को तुलनामा ११४.०९ प्रतिशतको वृद्धि हो ।
यसबाहेक जापानबाट दुई हजार ६६ जना, मलेसियाबाट एक हजार ८७७ जना, दक्षिण कोरियाबाट एक हजार ४१२ जना, सिंगापुरबाट ८०७ जना, भियतनामबाट ६३७ जना, थाइल्यान्डबाट ६०१ जना, फिलिपिन्सबाट ५३१ जना, इन्डोनेसियाबाट ४२९ जना, म्यानमारबाट २१७ जना र कम्बोडियाबाट ९९ जना पर्यटक भित्रिएका छन् ।
युरोपेली मुलुकहरूबाट कुल १५ हजार १४८ जना पर्यटक आएका छन् । जुन गत वर्षको तुलनामा ८।७३ प्रतिशतले कम हो ।
युरोपेली मुलुकमा जर्मनीबाट एक हजार ९७४ जना, फ्रान्सबाट एक हजार ३८९ जना, रुसबाट एक हजार १४३ जना, स्पेनबाट एक हजार १२० जना, इटालीबाट ९१० जना, पोल्यान्डबाट ७५० जना, नेदरल्यान्ड्सबाट ७१४ जना, स्विट्जरल्यान्डबाट ५९२ जना, पोर्चुगलबाट ५३५ जना, बेल्जियमबाट ४२४ जना, अस्ट्रिया र चेक गणतन्त्र प्रत्येकबाट ३३२/ ३३२ जना, आयरल्यान्डबाट २४२ जना, नर्वेबाट २३१ जना, युक्रेनबाट २२८ जना, डेनमार्कबाट २२७ जना, फिनल्यान्डबाट १४२ जना र स्विडेनबाट १३८ जना पर्यटक नेपाल भित्रिएका छन् ।
अमेरिकी महादेशबाट कुल १० हजार १०७ जना पर्यटक आएका छन् । यस क्षेत्रमा अमेरिकाबाट ८ हजार २९९ जना र क्यानडाबाट एक हजार २२४ जना पर्यटक आएका छन् । भने ब्राजिलबाट ३१८ जना र मेक्सिकोबाट २६६ जना पर्यटक आएका छन् ।
त्यसैगरी ओसिएनिया क्षेत्रबाट कुल पाँच हजार ४२२ जना पर्यटक आएका छन् । जसमा अस्ट्रेलियाबाट चार ८४२ जना र न्युजिल्यान्डबाट ५८० जना रहेका छन् ।
मध्यपूर्वका देशहरूबाट दुई हजार ६०६ जना पर्यटक आइपुगेका छन् । जसमा इजरायलबाट एक हजार ९५७ जना, टर्कीबाट ४३४ जना, कुवेतबाट ७४ जना, साउदी अरेबियाबाट ६० जना, यूएई र ओमानबाट क्रमशः ४८ र १९ जना तथा कतारबाट १४ जना रहेका छन् ।
अफ्रिकी मुलुकहरूबाट ४२४ जना (दक्षिण अफ्रिका १८२, इजिप्ट १२३, मोरक्को ११९) र अन्य विभिन्न सूचीकृत नभएका मुलुकहरूबाट ४,५६८ जना पर्यटक नेपाल भित्रिएका छन् ।