काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८२ अंकले घटेर २५९८ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार १०९ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३५२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै पिपुल्स हाइड्रोको २२ करोड, मन्जुश्री फाइनान्सको १८ करोड, शिवम् सिमेन्टको १५ करोड र सिद्धार्थ बैंकको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सिन्धु विकास बैंकको सेयर मूल्य १४.३७ प्रतिशतले बढेको छ ।
बुधबार सेयर बजारका अधिकांश उपसूचक घटेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार १३ वटा उपसमूहमध्ये ३ वटा उपसूचक बढ्दा १० वटा उपसूचक घटेका हुन् ।
सबैभन्दा धेरै ट्रेडिङ उपसूचक १.१८ प्रतिशतले बढेर ३ हजार २५४.३० अंक पुगेको छ । त्यस्तै, म्युचुअल फन्ड उपसूचक ०.२५ प्रतिशतले बढेर १९.४८ अंक पुगेको छ ।
हाइड्रोपावर उपसूचक भने सामान्य ०.०१ प्रतिशतले बढेर ३ हजार ५४८.२३ अंक पुगेको छ ।
यता होटल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै ०.५४ प्रतिशतले घटेर ७ हजार २३.२७ अंकमा झरेको छ । डेभलपमेन्ट बैंक उपसूचक ०.५० प्रतिशतले घटेर ५ हजार ३५४.९२ अंकमा पुगेको छ ।
जीवन बीमा उपसूचक ०.३५ प्रतिशतले घटेर ११ हजार ६९९.६२ अंक, बैंकिङ ०.३८ प्रतिशतले घटेर १ हजार ४९४.०६ अंक र फाइनान्स उपसूचक ०.३३ प्रतिशतले घटेर २ हजार १९९.७९ अंकमा कायम भएका छन् ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ०.२४ प्रतिशत, माइक्रोफाइनान्स ०.०३ प्रतिशत, निर्जीवन बीमा ०.१६ प्रतिशत, लगानी ०.१९ प्रतिशत र अन्य उपसूचक ०.२२ प्रतिशतले घटेका छन् ।