काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.६२ अंकले घटेर २६०३ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३६३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टीलरीको भएको छ । हिमालयनको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै शिवम् सिमेन्टको १७ करोड, सिद्धार्थ बैंकको १६ करोड, गरिमा विकास बैंकको १५ करोड र हाथवे इन्भेष्टमेन्टको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्सेका अधिकांश उपसूचक घटेका छन् । कारोबारमा रहेका १३ उपसूचकमध्ये ११ वटा घट्दा दुई वटा उपसूचक बढेका छन् ।
सबैभन्दा धेरै ट्रेडिङ उपसूचक १.८७ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन उपसूचक ०.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५० प्रतिशत, विकास बैंक ०.४५ प्रतिशत, म्युचुअल फन्ड ०.४३ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक ०.५५ प्रतिशतले घटेका छन् ।
त्यस्तै जलविद्युत उपसूचक ०.५२ प्रतिशत, जीवन बीमा ०.३७ प्रतिशत, वित्त ०.३२ प्रतिशत, बैंकिङ ०.१३ प्रतिशत र लगानी उपसूचक ०.२२ प्रतिशतले घटेका छन् ।
कारोबारमा निर्जीवन बीमा र अन्य उपसूचक भने बढेका छन् । निर्जीवन बीमा उपसूचक ०.११ प्रतिशत र अन्य उपसूचक ०.१२ प्रतिशतले बढेको छ ।