ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्‍यो ९.५ प्रतिशत लाभांश

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ९.५ प्रतिशत लाभांश दिने भएको छ ।

लघुवित्तको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

घोषित लाभांशमध्ये ६ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ । नगद लाभांश कर प्रयोजनका लागि समेत हुने कम्पनीले जनाएको छ ।

लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ । यी प्रक्रिया पूरा भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

Share News