१६ अंकले घट्यो सेयर बजार, ५ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार (आज) सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा पुगेको छ ।

आज ३५७ स्टकको ५८ हजार ५ सय पटक कारोबारमा १ करोड ३१ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमध्ये सबैभन्दा धेरै हिमालयन डिस्टिलरी नेपालको ३५ करोड ८२ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको २९ करोड ७८  लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज व्यापारबाहेक सबै उपसूचक घटेका छन् । व्यापार ०.२३ प्रतिशतले बढेको छ ।

घटेका उपसमूहहरूमा बैकिङ ०.१९, विकास बैंक ०.६९, वित्त ०.८५, होटल तथा पर्यटन ०.८७, जलविद्युत १.०३, लगानी १.१६, जीवन बीमा ०.८३, उत्पादन ०.३०, माइक्रोफाइनान्स ०.८२, म्युचल फण्ड ०.७५, निर्जीवन १.२० र अन्य ०.५९ प्रतिशतले घटेको छ ।

Share News