लिवर्टी इनर्जीका सञ्चालक रामबहादुर पाण्डेले दिए राजीनामा

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडका सञ्चालक रामबहादुर पाण्डेको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै सञ्चालक समितिले पाण्डेको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो ।

कम्पनीका अनुसार असोज ११ गते बिहान ११ बजे बसेको सञ्चालक समिति बैठकले पाण्डेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस निर्णयबारे नियामक निकायहरूलाई औपचारिक रूपमा जानकारी गराइएको कम्पनी सचिव ध्रुवकुमार श्रेष्ठले जनाएका छन् ।

Share News