हाथवे इन्भेष्टमेन्टका सेयरधनी हेमराज ढकालले २० लाख कित्ता सेयर बेच्ने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका आधारभूत सेयरधनी हेमराज ढकालले कम्पनीको २० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार ढकालले आफूले धारण गरेको सेयरमध्ये २० लाख कित्ता सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन् ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार ढकालले शेयर बिक्री गर्ने मनसायबारे कम्पनीलाई जानकारी गराएका हुन् ।

कम्पनीका अनुसार ढकालले असोज ८ गते सेयर बिक्रीसम्बन्धी निवेदन दिएका हुन् । 

Share News