काठमाडौं । इन्द्रजात्राको अवसरमा असोज ९ गते शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि वीर अस्पतालका सबै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने भएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सूचना जारी गर्दै बिदाका दिन पनि अस्पतालका सम्पूर्ण सेवा यथावत् सञ्चालन हुने जनाएको हो ।
अस्पतालले सेवाग्राही तथा सरोकारवालालाई सोही अनुसार जानकारी लिन अनुरोध गरेको छ ।