राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार कार्यक्रममा आयोगले आर्थिक वर्ष २०८२/८३ मा महिला अधिकार, संरक्षण तथा सशक्तीकरणका क्षेत्रमा गरेका गतिविधि र प्रगतिको विवरण समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो ।

Share News