शीतल निवासमा राष्ट्रपति पौडेल र स्वर्णिम वाग्लेबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले भेटवार्ता गरेका छन् ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राष्ट्रिय विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटका क्रममा मुलुकको समसामयिक अवस्था लगायत विभिन्न विषयमा कुराकानी भएको थियो । सचिवालयले भेटलाई नियमित शिष्टाचार तथा समसामयिक विषयमा केन्द्रित भेटवार्ताका रूपमा उल्लेख गरेको छ ।

Share News