इरानी एयरलाइन्समाथि विश्वव्यापी प्रतिबन्ध, टर्कीए–इराक–जर्जिया पनि थपिए

काठमाडौं । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले २३ सेप्टेम्बरदेखि विश्वभर इरानी एयरलाइन्सका लागि हवाई क्षेत्र बन्द गरिने घोषणा गरेका छन् । 

त्यससँगै टर्कीए, इराक र जर्जियाले पनि इरानी एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्रमा प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।

एएफपीका अनुसार अमेरिकी ट्रेजरी विभागको घोषणापछि इराकले इरानी एयरलाइन्सका उडान निलम्बन गर्ने त्यहाँका दुई अधिकारीले सोमबार बताएका छन् । 

त्यसपछि जर्जियाले पनि आफ्नो हवाई क्षेत्रमा इरानी एयरलाइन्सको प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

यसअघि शनिबार इरानी एयरलाइन्स महान एयरले टर्की सरकारको अनुरोधमा टर्कीका लागि आफ्ना उडान निलम्बन गरेको घोषणा गरेको थियो । कम्पनीका अनुसार टर्की सरकारले उसलाई उडान रोक्न आग्रह गरेको थियो ।

करिब दुई साताअघि अमेरिकी ट्रेजरी विभागले २७ वटा ईरानी एयरलाइन्सलाई आफ्नो प्रतिबन्ध सूचीमा समावेश गरेको थियो । 

त्यसयता इरानका विमानन कम्पनीमाथि अन्तर्राष्ट्रिय दबाब थप बढेको छ ।

Share News