अमेरिका भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति जिनपिङ

काठमाडौं । चीनको विदेश मन्त्रालयले राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिका भ्रमणमा जाने जनाएको छ ।

विदेश मन्त्रालयले सोमबार (आज) जारी गरेको आधिकारिक विज्ञप्तिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा चिनफिङ अमेरिका जान लागेको जनाएको हो ।

यसअघि शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूले ट्रम्पसँग जिनपिङको अमेरिका भ्रमणबारे प्रश्न गरेका थिए ।

ट्रम्पले यसको जवाफ दिँदै भनेका थिए, ‘हाम्रो सम्बन्ध राम्रो रहँदै आएको छ । उहाँ अर्को हप्ता यहाँ हुनुहुनेछ... हाम्रो निकै राम्रो बैठक हुनेछ ।’

‘हामीबीच विभिन्न विषयमा धेरै सम्झौता हुनेछन् । चीनले हामीलाई निकै धेरै ट्यारिफ तिरिरहेको छ । यसले चीनलाई धेरै ठूलो नोक्सान भइरहेको थियो र म त्यसो गर्न चाहँदिनँ,’ उनले थपे ।

यसै वर्ष मेमा पनि ट्रम्प र जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको थियो ।

Share News