अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकका लागि जारी गर्यो यस्तो चेतावनी

काठमाडौं । मध्यपूर्वमा जारी तनावका बीच विभिन्न देशमा रहेका अमेरिकी दूतावासहरूले आफ्ना नागरिकका लागि तत्काल सुरक्षा चेतावनी जारी गरेका छन् ।

दूतावासहरूले अमेरिकी नागरिकलाई सुरक्षा निर्देशिकाको पालना गर्न तथा सतर्क रहन आग्रह गरेका छन् । 

साथै क्षेत्रमा उडानहरू रद्द हुन सक्ने आशंकासमेत व्यक्त गरिएको छ ।

बीबीसी फारसीका अनुसार, विभिन्न देशमा रहेका अमेरिकी दूतावासहरूले केही घण्टाअघि यस्तो चेतावनी जारी गरेका हुन् । 

चेतावनीमा अमेरिकी नागरिकलाई थप सावधानी अपनाउन र सतर्क रहन भनिएको छ ।

बग्दादस्थित अमेरिकी दूतावासले विशेष रूपमा हुथी विद्रोही र साउदी अरबबीच हालै भएको संघर्षलाई उल्लेख गरेको छ ।

दूतावासले विमानस्थलमा भएका आक्रमणलाई उद्धृत गर्दै अवस्था तीव्र रूपमा बिग्रन सक्ने चेतावनी दिएको छ ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयले पनि छुट्टै सुरक्षा चेतावनी जारी गरेको छ । मन्त्रालयका अनुसार यमनमा साउदी अरब र हुथीबीचको संघर्ष थप बढ्न सक्ने सम्भावना छ ।

Share News