जेन्जी सांसदसँग प्रधानमन्त्री शाहको अन्तरक्रिया सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको अन्तरक्रियामा नवीनतम प्रविधि, डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीतिका विषयमा छलफल भइरहेको छ ।

यस्तै, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा पनि सांसदहरूसँग छलफल भइरहेको छ ।

अन्तरक्रियामा युवा पुस्तासँग सम्बन्धित नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने र प्रविधिको प्रयोगमार्फत सरकारी सेवा तथा शासन प्रणालीलाई थप सहज बनाउने विषयमा समेत छलफल भइरहेको जनाइएको छ ।

Share News