काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विकास ढुंगाना नियुक्त भएका छन् ।
बैंकको भदौ २९ गते बसेको २५६औँ सञ्चालक समितिको बैठकले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा पोखरा महानगरपालिका–५, कास्की निवासी ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार ढुंगानालाई नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
ग्रीन डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त पाँच जिल्लामा कार्यक्षेत्र भएको विकास बैंक हो । बैंकको केन्द्रीय कार्यालय पोखराको नयाँबजारमा रहेको छ ।