नेशनल लघुवित्तको अध्यक्षमा क्षितिज खड्का चयन

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा क्षितिज खड्का चयन भएका छन् ।

संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराउँदै सञ्चालक समितिको भदौ २९ गते बसेको २१२औं बैठकले सर्वसम्मत रूपमा खड्कालाई अध्यक्ष चयन गरेको जनाएको हो ।

यसअघि अध्यक्ष रहेका रविन सिजापती नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा रहेका थिए । उनी बैंकबाट अलग भई अर्को वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, एकीकृत निर्देशन २०८२ तथा संस्थाको नियमावलीअनुसार कायम रहेका सञ्चालकमध्येबाट क्षितिज खड्कालाई अध्यक्ष चयन गरिएको संस्थाले जनाएको छ ।

नेशनल लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको लघुवित्त वित्तीय संस्था हो ।

Share News