काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ६ सय ६६ जनालाई भर्ना गर्ने भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले सूचना जारी गर्दै सशस्त्र प्रहरी जवानसहित विभिन्न पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार सशस्त्र प्रहरी जवान ६ सय ४ जना, भान्से ३८ जना, कुचिकार ८ जना, सूचीकार ६ जना, केशकर्तक ७ जना, चर्मकर्मी २ जना र माली १ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
