वैशाखसम्मको स्वास्थ्य बीमा बोर्डले बाड्यो ३८३ अस्पताललाई २ अर्ब १ करोड रुपैयाँ

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ भुक्तानी गरेको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गरेका ३८३ स्वास्थ्य संस्थालाई स्वीकृत दाबीबापत उक्त रकम भुक्तानी गरेको हो। विवरणअनुसार विभिन्न जिल्लाका सरकारी, निजी  र सामुदायिक अस्पताललाई रकम भुक्तानी गरिएको हो । 

बोर्डको निर्णयअनुसार स्वीकृत दाबी रकममध्ये भुक्तानी हुन बाँकी वैशाखसम्मको रकम सेवा प्रदायक संस्थाको खातामा पठाइएको छ ।

Share News