काठमाडौं । नेपालमा जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले बुकिङ गरेका ग्राहकलाई सवारीसाधन उपलब्ध गराउने तयारी तीव्र पारेको जनाएको छ ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि गाडी ढुवानीका लागि वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
सडक अवरोधका बाबजुद कोरला नाकाबाट ढुवानी सुरु भएपछि गाडीको डेलिभरी प्रक्रिया निरन्तर राख्न सहज भएको कम्पनीको भनाइ छ ।
हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभी, जीडब्ल्यूएमको ओरा ५ पछि नेपाली बजारमा आएको दोस्रो पूर्ण विद्युतीय एसयूभी हो ।
कम्पनीले जोलियन म्याक्स ईभीलाई ५९ लाख ९९ हजार रुपैयाँको विशेष सुरुवाती मूल्यमा बजारमा ल्याएको थियो ।
ओरा ५ र जोलियन म्याक्स ईभी दुवैले नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।
विशेषगरी नयाँ पुस्ताको डिजाइन, विद्युतीय प्रविधि तथा प्रिमियम एसयूभी सेगमेन्टमा केन्द्रित यी मोडलप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीको दाबी छ ।
भीजी इम्पेक्सका अनुसार प्राप्त बुकिङहरू क्रमशः प्रशोधन भइरहेका छन् । डेलिभरीको समयतालिकाबारे थप जानकारी चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
बुकिङदेखि डेलिभरीसम्मको प्रक्रिया ग्राहकका लागि सहज र व्यवस्थित बनाउनेतर्फ कम्पनीले ध्यान केन्द्रित गरेको बताएको छ ।
जीडब्ल्यूएम नेपालले नेपाली अटो बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै प्रिमियम तथा लक्जरी सेगमेन्टका नयाँ मोडलहरू क्रमशः भित्र्याउने तयारी समेत गरिरहेको जनाएको छ ।
नयाँ मोडलको विस्तारमार्फत विश्व बजारमा उपलब्ध जीडब्ल्यूएमका आधुनिक तथा विद्युतीय प्रविधियुक्त सवारीसाधन नेपाली ग्राहकलाई उपलब्ध गराउने कम्पनीको लक्ष्य छ ।