नुवाकोटको विदुरमा भदौ २४ देखि विद्यालय खुल्ने

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका क्षेत्रका विद्यालयहरू भदौ २४ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।

आइतबार (आज) बसेको नगर कार्यपालिका बैठकले होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका तथा पूर्णरूपमा क्षति भएका विद्यालयबाहेक अन्य विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन गर्न अनुरोधसमेत गरेको छ ।

बाढीका कारण विद्यालयहरू बन्द रहेका बेला नगरपालिकाले प्रभावित क्षेत्रका विद्यार्थीलाई आफूलाई पायक पर्ने जुनसुकै विद्यालयमा अध्ययन गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

बाढीबाट क्षतिग्रस्त तथा होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका विद्यालय भने तत्काल सञ्चालनमा नआउने नगरपालिकाले स्पष्ट पारेको छ ।

null

Share News