काठमाडौं । स्टामफोर्ड कलेज काठमाडौंले मोबाइल पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको नाम ‘स्टामफोर्ड एलिट एरिना’ राखिएको कलेजले जनाएको छ ।
प्रतियोगिता नयाँ बानेश्वर, शान्तिनगरस्थित स्टामफोर्ड कलेजमा भदौ ३० गते (१५ सेप्टेम्बर) देखि सुरु हुनेछ । प्रतियोगितामा नेपालभरबाट १२० टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेता टोलीले ३ लाख ६५ हजार रुपैयाँभन्दा बढी नगद पुरस्कार पाउनेछ । प्रतियोगिता एक सातासम्म सञ्चालन हुने कलेजले जनाएको छ ।
सहभागी हुन चाहने टोलीले भदौ २७ गते (१२ सेप्टेम्बर) सम्म आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ ।
स्टामफोर्ड कलेज काठमाडौंले बेलायतको युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्ड सँगको सहकार्यमा कम्प्युटिङ साइन्स (बीआईटी) र साइबर सेक्युरिटी विषयमा स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।