भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि ३५ दिनको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने भएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले बिहीबार सूचना जारी गर्दै काठमाडौं महानगरपालिका भित्रका लक्षित वर्गलाई निवेदन दिन आह्वान गरेको हो ।

समितिका अनुसार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन माग गरिएको हो ।

इच्छुकले समितिले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी आफू बसोबास गर्दै आएको सम्बन्धित वडा कार्यालयमार्फत पेश गर्नुपर्नेछ । 

समितिले बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्धारित समयभित्रै निवेदन पेश गर्न आग्रह गरेको छ ।

Share News