काठमाडौं । ठमेलबाट भन्सार छलेर ल्याएको मोबाइल तथा ल्यापटपसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको पञ्जाब प्रदेश, जलन्धरका ४१ वर्षीय सन्दीप अहुजालाई प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आइतबार साँझ काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित सडकखण्डमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका अवस्थामा ड्युटीमा खटिएका प्रहरीले टोलीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा अहुजाको साथबाट बिल–बिजक नभएका १८ थान मोबाइल फोन र एक थान ल्यापटप बरामद गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका दानबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार बरामद सामग्रीसहित नियन्त्रणमा लिइएका अहुजालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको जनाएको छ।