५३८ को शव फेला, ९७७ सम्पर्कविहिन

काठमाडौं । रसुवाको बाढीमा परेर हालसम्म ५ सय ३८ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशीको बाढीमा परेर ५ सय ३८ जनाले ज्यान गुमाएका हुन् । 

प्राधिकरणका अनुसार ९७७ जना सम्पर्कविहिन भएका छन् । ५ सय १७ जना विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । १२७ नेपाली नागरिक बेपत्ता भएका छन् ।

७३ जना घाइते भएका छन जसमध्ये रसुवामा ४३, धादिङ ३ र नुवाकोटमा २७ जना उपचाररत छन् ।
१४ हजार ८२९ जना सुरक्षाकर्मी परिचालन रहेको प्राधिकरणले जनाएको छ ।

नेपाल प्रहरी ४ हजार ४७३, नेपाली सेना ६ हजार ६९८ र सशस्त्र प्रहरी बल नेपाल ३ हजार ६५८ जना परिचालन रहेका छन् । ३ हजार ७४२ जनालाई उद्धार गरिएको छ । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्याएको छ ।

Share News