बीमकहरुले बीमांकको कम्तीमा २० प्रतिशत पुनर्बीमा नेपाल रिबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकहरुले बीमांकको कम्तीमा २० प्रतिशत पुनर्बीमा नेपाल रिइन्स्योरेन्स कम्पनी (नेपाल रि)बाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

संशोधित निर्देशिकामा भनिएको छ, ‘नेपालमा कार्यरत बीमकले जारी गर्ने बीमांकको कम्तीमा २० प्रतिशत प्रत्यक्ष हिस्सा नेपाल पुनर्बीमा कम्पनीबाट पुनर्बीमा गराउनुपर्नेछ ।’ 

प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा पाँचौँ संशोधन गर्दै उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो । यसअघि गत जेठ १५ गते ल्याइएको चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा नेपालका बीमा कम्पनीहरुले बीमांकको कम्तीमा २० प्रतिशत पुनर्बीमा नेपाल रिबाट गर्नुपर्ने व्यवस्था गरिएको थियो । 

यसअघि निर्देशिकामा बीमकले स्वदेशी पुनर्बीमकलाई ट्रिटी पुनर्बीमाअन्तर्गत पुनर्बीमा गर्दा प्रत्यक्ष हिस्सा बाँडफाँटसम्बन्धी दर निर्धारण गरिएको थियो ।  प्रत्यक्ष हिस्सा बाँडफाँट आर्थिक वर्ष २०८३/८४ सम्म बाँडफाँट गर्नुपर्ने व्यवस्था थियो ।

Share News