काठमाडौं । भोटेकोशीको बाढीले बगाएको ३ सय ९३ शव पहिचान खुलेको छैन । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३ सय ९३ शवको पहिचान खुल्न नसकेको जनाएको छ ।
बाढीले बगाएर ल्याएको शव सम्बन्धित ठाउँमा पुर्याउने काम भइरहेको प्राधीकरणले उल्लेख गरेको छ । रसुवा, धादिङ, नुवाकोट,पोखरा, काठमाडौं, चितवन, तनहुँ, गोरखा, नवलपरासी र पश्चिम नवलपरासीमा शव राखिएको छ ।
बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति गरेको छ । नेपाल प्रहरीका अनुसार ४ सय ८९ जनाको शव फेला परेको छ ।
रसुवा १३, धादिङ ४०, गोरखा ४४, पुर्वी नवलपरासी ११२, नुवाकोट २७, चितवन १८६, तनहुँ २९ र पश्चिम नवलपरासीबाट २८ जनाको शव फेला परेको छ ।
