बाढीमा फसेका ११७ पर्यटकको उद्धार

काठमाडौं । बाढीका कारण विभिन्न स्थानमा फसेका ११७ जना पर्यटकको उद्धार गरिएको छ । बुधबार भोटेकोसी नदीमा आएको भीषण बाढीले अलपत्र परेका पर्यटकलाई सम्बन्धित सुरक्षा निकाय तथा स्थानीयको समन्वयमा उद्धार गरिएको हो ।

नेपाल पर्यटन बाेर्डका अनुसार उद्धार गरिएका पर्यटकहरूमा ८५ जना भारतीय नागरिक, ९ जना दक्षिण कोरियाका, १६ जना चीनका र २ जना इटलीका र ३ जना अन्य विदेशी नागरिक रहेका छन् । 

बाढीका कारण पर्यटकको आवागमन प्रभावित भएपछि सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन तथा आवश्यकताअनुसार उद्धारका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।

पछिल्लो अपडेटअनुसार बाढीका कारण ६ सय भन्दा बढी पर्यटक सम्पर्कविहीन छन् । 

Share News