हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार उनलाई बबरमहलबाट पक्राउ गरेको हो ।

नेपाल बीमा प्राधिकरणको पत्रद्वारा ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षण प्रतिवेदनअनुसार बीमा ऐन कसुरमा असुन्धानका लागि पौडेललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

Share News