बाढीपीडितका लागि कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख सहयोग

काठमाडौं । कालिका ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

पाण्डे अध्यक्ष एवं प्रबन्ध निर्देशक रहेको कालिका कन्स्ट्रक्सन प्रालिले उक्त रकम बाढीपीडितको सहयोगार्थ उपलब्ध गराएको हो । 

पूर्वमन्त्रीसमेत रहेका पाण्डेले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम हस्तान्तरण गरेका हुन् ।

चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति पाण्डेले गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पाण्डेले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन् ।

null
 

Share News