काठमाडौं । रसुवाको बाढीमा परेर घाइते भएका ६६ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, वीरेन्द्र सैनिक अस्पतालमा १, नर्भिक अस्पताल २ र मनमोहन अस्पतालमा १४ जना उपचाररत छन् ।
त्यसैगरी विभिन्न अस्पतालमा उपचार गराइरहेका १४ जना घाइते डिस्चार्ज भएका छन् । हालसम्म २ सय ७० जना शव फेला परेको प्रहरीले उल्लेख गरेको छ । २८ प्रहरीहरू सम्पर्कविहिन भएको प्रहरीले बताएको छ । उद्धार तथा राहतमा ४ हजार ५० जना प्रहरीहरू परिचालित रहेका छन् ।
बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ ।