काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्राकृतिक विपत्तिको प्रभावकारी व्यवस्थापनका लागि संसदीय समिति गठन गर्न प्रस्ताव गरेका छन् ।
सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा शाहीले विपत्तिको अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन संसदीय समिति गठनको प्रस्ताव अघि सारेका हुन् ।
उनले विपद् प्रभावित क्षेत्रमा अनावश्यक भीडभाड नगर्न पनि आग्रह गरेका छन् । उद्धार कार्यमा बाधा नपुग्ने गरी सम्बन्धित निकाय र सुरक्षा संयन्त्रलाई सहज रूपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
शाहीले विपत्तिमा परेका नागरिकको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्दै सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए ।