काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले नुवाकोटको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस, त्रिशूली परीक्षा केन्द्रमा हुने स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ ।
विश्वविद्यालयको व्यवस्थापन संकायकासहायक डीन डा. भरत राईका अनुसार प्राकृतिक विपत्तिबाट सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण भदौ ११ गतेका लागि निर्धारित इन्टरनेशनल विजनेश (एमजीटी–५२२) विषयको परीक्षा स्थगित गरिएको हो ।
उक्त परीक्षा केन्द्रका लागि मात्रै परीक्षा स्थगित गरिएको र अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा सञ्चालन नहुने त्रिविले जनाएको छ । स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र जनाएको छ ।
तर, त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसबाहेकका अन्य परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने व्यवस्थापन संकायले जनाएको छ ।