रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई बाढी संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

आइतबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले  तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो ।


आइतबार बिहान करिब ८ः३० बजे तिब्बत क्षेत्रबाट रसुवास्थित भोटेकोशी नदीमा अचानक भीषण बाढी आउँदा ठूलो क्षति पुगेको छ ।

Share News