मौसम विभाग भन्छ– भोटेकोसी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम अझै कायमै रहेको जनाएको छ ।

चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले जोखिम अझै कायमै रहेको छ ।विभागलाई साढे १ बजे प्राप्त सूचनाअनुसार ताल अझै पनि पूर्ण रूपमा खुल्न सकेको छैन ।

विभागले अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीको आसपास तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रहसमेत गरेको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदीको बहावमा आउने परिवर्तनप्रति सतर्क रहन र सम्बन्धित निकायले जारी गर्ने सूचनालाई पालना गर्न विभागले अनुरोध गरेको छ ।

Share News