रसुवामा ४१ जना प्रहरी सम्पर्कविहिन

काठमाडौं। रसुवामा ४१ जना प्रहरी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका प्रवक्ता एवं डिआइजी अबिनारायण काफ्लेले तीन वटा ठाउँका ४१ जना प्रहरी सम्पर्कमा नरहेको बताए।

उनका अनुसार स्याफ्रुबेँशी, रसुवागढी, मैलुङका प्रहरीहरू सम्पर्कमा नरहेको हो। सशस्त्र प्रहरी बलका पनि प्रहरी निरीक्षकसहित ९ जना सम्पर्कविहीन छन्।

पृथ्वीराजमार्गको चितवन नारायणघाटसम्मको सडकमा सवारी आवतजावत गर्न पनि रोक लगाइएको छ। नदी वरिपरि पनि बस्ती खाली गर्नका लागि प्रहरी परिचालन गरी अनुरोध गरिएको उनले बताए। उद्धारका लागि पनि काम भइरहेको उनको भनाइ छ ।

Share News