काठमाडौं । रसुवामा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका एनसेल ग्राहकले तीन दिनसम्म निःशुल्क डेटा र भ्वाइस कल सेवा पाउने भएका छन् ।
एनसेलले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आपत्कालीन समन्वयमा सहजता पुर्याउन डेटा, भ्वाइस र एसएमएस सेवामा छुट दिने जनाएको हो ।
कम्पनीका अनुसार प्रभावित जिल्लाका ग्राहकले तीन दिनसम्म डेटा र भ्वाइस कलका लागि कुनै शुल्क तिर्नुपर्ने छैन ।
त्यसैगरी, ग्राहकले १०० वटा एसएमएससमेत निःशुल्क पठाउन सक्नेछन् ।
बाढीका कारण प्रभावित नागरिकलाई आफन्त, सुरक्षाकर्मी तथा उद्धार टोलीसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको एनसेलले जनाएको छ ।