उत्तरगया गाउँपालिकाका पाँचै वडामा क्षति, सयौं बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीले उत्तरगया गाउँपालिकाको दुईवटा भवन क्षति र पाँच जना कर्मचारी बेपत्ता भएका छन् । 

गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले गाउँपालिका पूर्ण रुपमा क्षति भएको र पाँच जना कर्मचारी सम्पर्कविहिन भएको जानकारी दिइन् ।

भूकम्प विस्थापितबाट बनेको गाउँ पूर्ण रुपमा क्षति भएको उनले बताइन् । 

बाढीले बस्ती बगाएको पनि उनले जानकारी दिइन ।

‘बिजुली बत्ती गएको र फोन सम्पर्क टुटेको छ । गाउँपालिकाको धेरै मानिस बगाएको छ । सयौं मानिस बेपत्ता भएका छन्,’ उनले भनिन् ।

यस गाउँपालिकामा पाँच वटा वडा रहेको छ । सबै वडामा क्षति पुर्याएको उनले जानकारी दिइन् ।

बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ। 

Share News