रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

काठमाडौं । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २६ जना सम्पर्कमा आएको अर्थ मन्त्रालयले जनाएको छ ।

स्थायी र करार/ज्यालादारी गरी कुल २६ जना कर्मचारी सम्पर्कमा आएका हुन् ।

अझै ११ जना स्थायी कर्मचारी र तीनजना करार तथा ज्यालादारी कर्मचारी गरी १४ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ ।

बाढीका कारण रसुवाको टिमुरे तथा रसुवागढी क्षेत्रमा ठूलो क्षति पुगेको छ । 

सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे यकिन जानकारी लिन खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे थप विवरण संकलन तथा उद्धारका लागि सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय जारी रहेको बताइएको छ ।

Share News