रसुवा बाढी अपडेटः सयौं मानिस बेपत्ता, फोन सम्पर्क टुट्यो

काठमाडौं । रसुवामा आएको बाढीले सयौ‌ं मानिस बेपत्ता भएका छन् । 

रसुवा गाउँपालिका ६ का वडा सदस्य लाक्पा घलेले बिहान आएको बाढीले सयौं मानिस बेपत्ता भएको जानकारी दिए ।

‘हाइड्रोपावरमा काम गर्ने र गाउँका धेरे मानिस सम्पर्कविहिन भएका छन्,’ उनले भने, ‘फोनको नेटवर्क नभएकाले कसैसँग सम्पर्क भएका छैनन् । हामीले सोचेभन्दा ठूलो क्षति भएको छ ।’

हाइड्रोपावरको मेसिनसमेत बगाएको उनले जानकारी दिए । बिस्तारै मौसम खुला हुँदै गएको उनले जानकारी दिए । 

बेपत्ता मानिसको खोजी कार्य जारी रहेको उनले बताए । ‘कति मानिस बेपत्ता त्यसको जानकारी आएको छैन,’ घलेले भने ।

Share News