काठमाडौं । नेपाली सेनाले रसुवाको स्याफ्रुबेँसीबाट तीनजनालाई उद्धार गरेको छ । बाढीले क्षति पुर्याएको क्षेत्रमा तीन जना मानिसको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको बाढीले क्षति पुर्याएको क्षेत्रमा उद्धार गर्न तीन वटा हेलिकोप्टर परिचालित रहेको सेनाले जनाएको छ ।
सेनाका अनुसार एमआइ १७ सहित तीनवटा हेलिकोप्टर परिचालित छन् । स्याफ्रुबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा सेनाको हेलिकोप्टर परिचालित छन् । केही ठाउँमा सेनाको हेलिकोप्टर ल्याण्ड हुन नसकेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको सेनाले जनाएको छ ।