काठमाडौं । रसुवामा आएको बाढीको बहाब घटेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले रसुवामा आएको बाढीको बहाब नुवाकोटतर्फ घट्दै गएको जानकारी दिए ।
नेपाली सेनाको बाढीले क्षति पुर्याएको क्षेत्रमा उद्धार गर्न तीन वटा हेलिकोप्टर परिचालित गरेको छ । सेनाका अनुसार एमआइ १७ सहित तीनवटा हेलिकोप्टर परिचालित छन् । स्याफ्रुबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा सेनाको हेलिकोप्टर परिचालित छन् ।
केही ठाउँमा सेनाको हेलिकोप्टर ल्याण्ड हुन नसकेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ ।
प्रहरीका तीन वटा युनिट बगाएको छ । केही प्रहरी सम्पर्कविहिनसमेत भएका छन् । स्याफ्रुबेसी, मैलुङ र टिमुरेमा रहेका प्रहरीका युनिट बगाएको प्रहरीले जनाएको छ ।