काठमाडौं । रसुवाको बाढीमा परेर नौ जना प्रहरी सम्पर्कविहिन भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबीनारायण काफ्लेले बाढीका कारण ९ जना प्रहरी सम्पर्कविहिन भएको जानकारी दिए ।
२१ जना प्रहरीमध्ये ९ जना प्रहरी सम्पर्कमा आएको उनले जानकारी दिए । 'प्रहरीको सञ्चार सम्पर्क टुटेको छ । कसैसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने । क्षतिको पूर्ण विवरण नभएसम्म हामीले यति क्षति भयो भनेर भन्न नसकिने उनको भनाइ छ । प्रहरीको तीन वटा युनिट बगाएको उनले जानकारी दिए।
बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।