रसुवा बाढी अपडेटः तीन प्रहरी युनिट बगायो, सञ्चार सम्पर्क टुट्यो

काठमाडौं । रसुवामा आएको बाढीले तीन वटा प्रहरीको युनिट बगाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद धमलाले बाढीले प्रहरीको तीन वटा युनिट बगाएको जानकारी दिए ।

उनले केही प्रहरीहरू सम्पर्कविहिन भएको जानकारी दिए । कति संख्यामा प्रहरी सम्पर्क भए यसको पूर्ण विवरण आउन नसकेको उनको भनाइ छ ।

'सञ्चार युनिटसँग पूर्ण रुपमा सम्पर्क विच्छेद भएको छ,’ उनले भने,’ हाम्रो कसैसँग सम्पर्क हुन सकेको छैन । फोनमा बोलेको बुझिएको छैन ।'

बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । 

Share News