नेपाली सेनाको दुईवटा हेलिकोप्टर रसुवामा, स्वास्थ्य टोली अस्पतालमा परिचालित

सांकतिक तस्विर

काठमाडौं । नेपाली सेनाले रसुवाको बाढी पीडितलाई उद्धार गर्न दुई वटा हेलिकोप्टर पठाएको छ । रसुवा जिल्ला अस्पताललाई सहयोग पुर्याउन नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम एआइ- १७ त्यसतर्फ गइसकेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार  सेनाको टोली धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएका छन् । गजुरीस्थित नम्बर ६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको छ। क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ। 

बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय इलाकामा बसोबास गर्न सबैलाई सतर्कता अपनाउन प्रभावितहरूको उद्धारका लागि सहकार्य गर्न समेत नेपाली सेना अनुरोध गरेको छ ।

बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको सेनाले जनाएको छ ।  
 

Share News