काठमाडौं । रसुवामा ठूलो बाढीपहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं हुँदै रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो ।
बाढीपहिरोका कारण ती जिल्लामा सडक तथा यातायातमा जोखिम बढेकाले सम्भावित दुर्घटना र जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ ।